
नेपालगञ्ज । नेपालगञ्जमा रहेको होलिन्याण्ड माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लागूऔषध दुर्व्यसनविरुद्ध र ट्राफिक सचेतनाका बारेमा अभिमुखिकरण गरिएको छ ।
लियो क्लब नेपालगञ्ज ईनोभेटिभको आयोजना, लाईन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग, जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा शुक्रबार बिद्यालयमा सचेनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कक्षा ९ र १० का लगभग १२० जना बिद्यार्थी सहभागी कार्यक्रम क्लबका कार्यवाहक अध्यक्ष लियो हिरामणी दाहालको अध्यक्षतामा भएको छ । अभिमुखिकरणमार्फत बिद्यार्थीहरुलाई लागूऔषधबा बच्न अपनाउनुपर्ने कुराहरु, लागूऔषधको लतमा फस्दा हुने क्षति, त्यसले निम्त्याउने अवस्थाका साथै ट्राफिक सचेतनाले ल्याउने सकारात्मक अवस्था जस्ता बिषयमा जानकारी गराइएको थियो ।
डिष्ट्रीक काउन्सिल ३२५ का जिल्ला कोषाध्यक्ष लियो प्रकाश कुंवरका स्वागत मन्तव्यबाट सुरु कार्यक्रममा लायन डिष्ट्रीक ३२५ एन नेपालका जिल्ला गभर्नर एम जे एफ लायन मुकुट ढकाल, लियो डिष्ट्रीक सभापति बिवेक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रहरी बरिष्ठ नायव निरीक्षक प्रबिण आचार्य, होलिल्याण्डका प्रधानाध्यापक, लाईन्स क्लब अफ नेपालगन्ज ईमोभेटिभका पुर्व अध्यक्ष लाईन मिना ढकाल, क्लबका सल्लाहकार बिष्णु खनालको उपस्थिती रहेको थियो ।





