
नेपालगञ्ज । दुर्घटना न्यूनिकरणका लागि प्रहरीले नेपालगञ्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनिकरणका लागि मंगलबार नेपालगञ्जमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्यक्रम गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ स्थि धम्बोझी चोकमा गरिएको कार्यक्रममार्फत करिब तीन सय सवारी साधनमा रिफलेक्टिभ स्टिकर टाँसिएको बाँकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहराले जानकारी दिनुभयो । सो क्रममा सवारी साधनहरुमा तत्काल नम्बर लेख्ने कार्य समेत गरिएको छ ।
बाँके प्रहरीका अनुसार नम्बर प्लेट स्पष्ट रुपमा नदेखिएका सवारी साधनहरुमा तत्काल नम्बर लेख्ने व्यवस्था मिलाएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रहरी प्रमुख बोहरा, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका उपअनुसन्धान निर्देशक मोहन कुँवरलगायत प्रहरी अधिकृत तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।





