बागेश्वरी मन्दिरको सरसफाई गर्दै डस्टविन हस्तान्तरण

नेपालगञ्ज । पश्चिम नेपालको प्रसिद्ध नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सरसफाई गर्दै डस्टविन हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा मंगलबार बिहान मन्दिर क्षेत्रको सरसफाई गर्दै डस्टविन समेत हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा संघ लुम्बिनी प्रदेशकी अध्यक्ष सन्ध्या जोशी, बागेश्वरी मन्दिरका मुल महन्थ चन्दननाथ योगीको उपस्थिती भएको सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको समेत सहभागिता रहेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रा.प्र.ब.उ.अमिन कुमार श्रेष्ठ, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)का समादेशक प्रहरी बरिष्ठ उपरीक्षक सुशिल सिंह राठौर, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगंज) का प्रहरी बरिष्ठ उपरीक्षक संजिव शर्मा दास, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान बिभाग जिल्ला कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक मोहन कुँवरको सहभागिता रहेको थियो ।

करिब दुई घण्टा चलेको कार्यक्रममा मन्दिर क्षेत्रको सरसफाई गर्दै सरसफाई गरेर निस्कने फोहोर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गरिएको थियो ।

Previous articleसवारी साधनमा रिफलेक्टिभ स्टिकर टाँस
Next articleफुल्टेक्रा क्षेत्रमा छड्के बजार अनुगमन, एउटा पसललाई कारबाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here