प्रहरीद्वारा सहकर्मीकाे परिवारलाई आर्थिक सहयाेग प्रदान

नेपालगन्ज । बाँके जिल्लाका प्रहरी जवानहरूले मृतक सहकर्मीकाे परिवारलाई आर्थिक सहयाेग प्रदान गरेका छन् ।

जिल्लामा कार्यरत सम्पूर्ण प्रहरीहरूले सहयाेग संकलन गरेेर जिम्मेवारी निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सहकर्मीकाे परिवारलाई आर्थिक सहयाेग प्रदान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा हवल्दार, जवानहरुले प्रहरी नायव उपरीक्षक नारायण डाँगी र ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरी नायव निरीक्षक सुन्दर तिवारीकाे नेतृत्वमा संकलित दुई लाख ५७ हजार ९ सय ८८ रूपैया बुधबार मृतक प्रहरीकाे परिवारलाई सहयाेग स्वरूप हस्तान्तरण गरिएको छ ।

यही मंसिर २८ गते राती डिउटिमा खटिरहेेका बेला काेहलपुर नगरपालिका वडा न-३ स्थित मदन चाेकमा गाडीले ठक्कर दिंदा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं-१३ छिवाङ् घर भएका विशाल ओलीकाे मृत्यु भएकाे थियाे ।

Previous articleसामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रीत डिजाईन पद्धती सम्बन्धी ती दिने तालिम चाैकुनेमा शुरू
Next articleकसौंधन बैश्य समाज युवा मञ्च बाँकेकाे अध्यक्षमा संजय कुमार वैश्य चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here