कसौंधन बैश्य समाज युवा मञ्च बाँकेकाे अध्यक्षमा संजय कुमार वैश्य चयन

नेपालगञ्ज । कसौधन बैश्य समाज युवा मञ्च बाँकेकाे अध्यक्षमा संजय कुमार वैश्य चयन हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न कसौंधन बैश्य समाज बाँकेको भेलाबाट बैश्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हाे ।

कसौधन बैश्य समाजका अध्यक्ष संतोष कुमार बैश्य सभाध्यक्षतामा भएकाे कार्यक्रममार्फत सर्वसम्मत रूपमा मञ्चकाे अध्यक्षमा संजयलाई चयन गरिएको थियाे । युवा सहभागिता, नीति निर्माण र युवा विकासकाे सवालमा कार्यक्रमहरु निर्माण गर्नको लागि समाजले युुवा मञ्चको नयाँ कार्यसमिति चयन गरेकाे जनाएको छ ।

मञ्चकाे उपअध्यक्षमा अमन गुप्ता (हर्षित), महासचिवमा भैरव प्रसाद बैश्य (शिवम्), कोषाध्यक्षमा निराज गुप्ता, सचिवमा बिकाश गुप्ता (बिक्की), सहकोषाध्यक्षमा प्रिंस गुप्ता, संचार संयाेजकमा अमन गुप्ता (P.R.O.), सूरज गुप्ता, सदस्यहरुमा हिमांशु कुमार वैश्य, संदीप गुप्ता, दीपेश गुप्ता, सुजित कुमार कसौधन, शैलेन्द्र गुप्ता (सम्मी), बिशाल कुमार बैश्य, सुजित कुमार बैश्य, सूरज कुमार बैश्य लगायत कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रममा युवा मञ्चका अध्यक्ष आदित्य गुप्ताले नवनिर्वाचित टिमलाई बधाईका साथै कार्यकाल सफलताकाे शुभकामना समेत दिनुभएकाे समाजका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

Previous articleप्रहरीद्वारा सहकर्मीकाे परिवारलाई आर्थिक सहयाेग प्रदान
Next articleश्रावस्तीमा संयुक्त बैठक, कानून कार्यान्वयनमा समन्वयकारी भुमिका खेल्ने प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here