
नेपालगञ्ज । चर्चित गायीका एलिना चौहानले तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नुभएको आफ्नो प्रस्तुतीले नेपालगञ्ज महोत्सव गुञ्जयमान भएको थियो । चौहानको, यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगञ्ज महोत्सवको महोल तातेको थियो ।
एकपछि एक चर्चित गाएर गायीका चौहानले जुनी भरीलाई रुवाई गयो तिमी अझै पनि मनमा छौ तिमी, धोकेबाज हौ तिमी धोके बाज हौ तिमी, ए है तिम्रै माया लाग्छ बरि लै, ए है तिम्रै याद लाग्छ बरि लै, कालो कपाल घुग्रियो, मनमा माया उर्मियो लगायतका चर्चित चर्चित गित गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
चर्चित जादुगर बलराम सरकारले विभिन्न खाले जादु देखाएर नेपालगञ्ज महोत्सवका दर्शकलाई भरपुर हसाउनुभयो । महोत्सवमा चर्चित डान्सर तथा मोडल अनुस्का चौधरी, भावना चौधरीले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
महोत्सवका आकर्षकमा विभिन्न खाले बाल उद्यान, थारु गाउँ, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडीविच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहेको आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।
हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथै थारु गाउँमा थारु परिकारहरुको स्वाद लिन सकिने संयोजक बुढाले बताउनुभयो । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ बिहीवारदेखि सुरु भएको छैठौ नेपालगञ्ज महोत्सव २०८० पुष १७ गतेसम्म संचालन हुनेछ ।
आज शुक्रबार महोत्सवको उद्धोषण असोक रावलले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार टंक तिमिल्सेना, रामजी खांड, आइना चौधरी, चर्चित डान्सर तथा टिकटक स्टार दिपिका जिएचलगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।





