
नेपालगञ्ज । नेपालगञ्जमा जारी छैठौं नेपालगञ्ज महोत्सवमा आइतबार चर्चित गायिका प्रिती आलेको गीतहरुमा नेपालगञ्जका दर्शक रमाउदै झुमेका छन् ।
गायिका आलेले र्याप ब्याटलको दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका हुन् ।
महोत्सवमा गायीका प्रितीले चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथि पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ प्रस्तुत गर्नुभयो ।
यस्तै महोत्सवमा चर्चित गायक बसन्त लम्सालले पनि आफ्ना दर्जनौ गीतहरु प्रस्तुत गरि दर्शकलाई भरपुर रमाएका थिए । महोत्सवका आकर्षकमा विभिन्न खाले बाल उद्यान, थारु गाउँ, फोटो सेशनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित खेलाडीबीच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको दमदार प्रस्तुतीका साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।
हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउँमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । महोत्सव पुष १७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा सोमबार चर्चित कलाकार बिराज भट्ट लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । 





