सिडियो र एसपी कपडा बोकेर आउने वातावरण बनाऔँ : प्रजिअ पोखरेल

नेपालगञ्ज । चिसोको समयमा शितलहरबाट बच्न आफुसँग भएका प्रयोगबिहिन सफा कपडा बितरण कार्यक्रम गरेर उक्त कार्यक्रममा सिडियो र एसपी कपडा बोकेर आउने बातावरण बनाउन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सबै संघ सस्थाहरुसँग आग्रह गर्नुभएको छ ।

बास नेपालले नेपालगञ्जको गणेशमान चौकमा सञ्चालन गरेको कपडा बैंकलाई लक्षित गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा उत्पन्न बिपद्को समयमा त्यसको ब्यवस्थापनमा गैससहरुको भुमिका महत्वपूर्ण भएको बताउँदै राम्रो कामको खुलेर प्रसंशा गर्न पछि नहट्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपाल बाँकेको समन्वयमा जिल्लामा क्रियाशिल संघ संस्थाहरुबीचको समन्वय बैठकमा बोल्दै उहाँले संघ संस्थाले गरेका क्रियाकलापहरुको नियमित जानकारी गराउन पर्नेमा जोड दिनुभयो ।

आईतवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा आयोजित बैठकमा दुई दर्जन संघ संस्था तथा निकायको सहभागिता रहेको कार्यक्रममा विपद्का क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुले संस्थाका गतिबिधिहरु प्रस्तुतिकरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा भएको समन्वय बैठकबाट बिभिन्न निर्णयहरु समेत गरिएको छ ।

बाँके तथा अन्य जिल्लामा दर्ता भै यस जिल्लामा कृयाशिल संघ संस्थासँगको उपस्थितिमा परिचयात्मक कार्यक्रम गर्ने, संघ संस्थाकोतर्फवाट जिल्लामा संचालन भैरहेका गतिविधिहरुको संक्षिप्त प्रस्तुतिकरण भई छलफल भएर आगामी दिनमा समन्वयात्मक रुपमा कार्य गर्ने, प्रशासन कार्यालयमा समन्वयात्मक बैठक प्रभावकारी बनाउन हरेक ३/३ महिनामा नियमित बस्ने, संघ संस्थाको गतिविधि तथा कार्यक्रमको नियमित रुपमा प्रशासन कार्यालयको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा प्रतिवेदन उपलव्ध गराउने, हाल चिसो तथा शितलहरको सम्भावना रहेकोले सोको पूर्वतयारी तथा प्रतिकार्यका साथै न्यानो कपडा बैंक संचालनका लागि सहकार्य गर्ने निर्णय भएको छ ।

यस्तै फातिमा फाउन्डेसन नेपालले नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा संचालन गरेको सामुदायिक सुरक्षा जालो परियोजना तथा अन्य गतिविधिको बारेमा जानकारी गराउँदै तातो हावा तथा त्यसको प्रभावको बारेमा बाँकेको आकस्मिक योजना निर्माणका लागि रेडक्रस लगायत दातृ निकायलाई अनुरोध गर्ने लगायतका बिषयमा निर्णय गरिएको छ ।

Previous articleचर्चित गायिका प्रिती आलेको गीतमा रमाए दर्शक
Next articleनेपालगञ्जमा १४ औं बाँके जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here