
नेपालगञ्ज । समाजको रक्षाको लागि योगदान पुर्याउने नागरिक बिना वर्दिको प्रहरी भएको बताउँदै इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँकेले नागरिक सुनावाईको कार्यक्रम गरेको छ ।
समाजमा ब्याप्त बिकृतिहरु बढन थालेपछि बाँकेको इलाका प्रहरी कार्यालय खजुरा धनौलीले खजुरा गाउँपालिकाका नागरिकलाई टोलटोलमा वडाको निगरानीमा नागरीक सुनवाई कार्यक्रम गरेको हो ।
खजुरा गाउँपालिका वडा न ६ का वडा अध्यक्ष फारुक शेष तथा ईलाका प्रहरी कार्यालय खजुरा धनौलीको प्रमुख अशोक मल्लको आतिथ्यमा भएको नागरिक सुनवाई कार्यक्रममा अधिकांश नागरिकहरुले स्थानीय सरकारले लागुपदार्थको नियन्त्रण गर्न दबाब दिएका थिए ।
सो क्रममा कतिपय नागरिकहरुले बिद्युतको समस्याका कारण समाज अन्धकार भएको गुनासा समेत गरेका थिए । नागरिकहरुको जवाफ दिँदै वडा अध्यक्ष शेषले लागूपदार्थ बिक्री बितरण गर्ने र प्रयोग गर्नेलाई प्रहरीको सहयोगमा नियन्त्रण ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै अन्धकार भएको गाउँमा बिद्युतको सम्बन्धीत व्यक्तिसँग छलफल गरेर समस्याको हल गर्ने प्रतिबद्धता समेत जनाए । यता बिकृतीलाई सुधार निरोपण गर्ने उद्देश्य बोकेको ईलाका प्रहरीका पमुख मल्लले नागरिकको सहयोग बिना केही गर्न नसकिने बताउँदै नागरिकहरुले प्रहरीलाई हरेक बिकृतिको सुचना दिए चौबिसै घण्टा सेवा हाजिर हुने बताउनुभयो ।






