काकाको हुक्का अब नेपालगञ्जमा

नेपालगञ्ज । हिजोआज खासगरी शहर बजारमा युवामाझ हुक्का सेवन गर्ने फेसन चलेको छ । चुरोटभन्दा हुक्कामा विभिन्न स्वादका लागि युवा पुस्ता यसप्रति निकै आकर्षित भएको पाईन्छ ।

हिजो आज त झन् युवा-युवतीहरुले घर, रेष्टुरेन्ट तथा बार गएर हुक्का सेवन गरेर सामाजिक संजालमा तस्बिर राख्ने प्रतिस्पर्धा पनि देख्न सकिन्छ ।

यस्तै हुक्का प्रेमीहरुका लागि अब नेपालगन्जमा आधिकारिक विक्रेता लिदै काकाको हुक्काले नेपालगन्जका विभिन्न रेष्टुरेन्ट, पसलहरुमा नेपालमै बनेको स्वदेशी उत्पादन, निकोटिन-फ्रि भएको ग्रिन टि-बाट बनेको पान मसला, मिन्ट र डब्बल एप्पल गरि ३ वटा आइटम नेपालगन्जमा भित्र्याएको आधिकारिक बिक्रेता किसन गुरुङ (कल्लु) ले बताउनुभयो ।

स्वदेशी उत्पादन र निकोटिन-फ्रि हुक्काले स्वास्थ्यमा तेस्तो कुनै असर नपर्ने र जाडो होस या गर्मी, सबै उमेरका लागि फेसन चलेको हुक्काले पछिल्लो समय निकोटिन-फ्रि रहेको हुक्काले युवा युवतीहरुको मोह नै बसेको गुरुङ बताउनुहुन्छ ।

Previous articleनागरिक बिना वर्दिको प्रहरी हो : प्रमुख मल्ल
Next articleदोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा : वडा नं १ ‘बि’ टिम विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here