
नेपालगञ्ज । चर्चित गायक रमेशराज भट्टराई तन्न पैसा कमाउन मन थियो, सुख्खै सुखले रमाउन मन भन्थ्यो बोलको गितबाट सूरुवात गरेपछि नेपालगञ्ज महोत्सबका दर्शकहरु उफ्रि उफ्रि नाचेका थिए । महोत्सबको नौं दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीले नेपालगञ्ज महोत्सवका दर्शकहरु रमाएका हुन् ।
राजा राजा भन्थि बाजा बजाएर गई, खुट्टा भए जुत्ता छानी छानी पाइन्छ यो बजारमा, मलाई गर्थे जस्तो लाग्थ्यो, मेरै निम्ती मर्छु जस्तो लाग्छु तर आज अर्कैलाई छानेर गई, मैले सिन्दुर लिएर पर्खेको थिए मलाई हातमा राखी बाधेर गई, बेहुला बनाउछु भन्थ्यो बहुला बनाएर गई, उसले जति माया मैले पनि दिन्थे होला, तिमी मेरै भाको भए कति खुसी दिन्थे होला, हो संसारका सारा खुसी तिम्रैलागि किन्थे होला लगायतका दर्जन बढि चर्चित चर्चित गितहरु प्रस्तुत गर्नुभएको थियो ।
गायिका सृजना खत्रीले गाउनुभएको चर्चित गीत, माया पनि गर्छु भन्ने टाढा टाढा बन्ने, बुझ्नै गाह्रो तिम्रो त्यो नौटंकी मायामा दर्शकहरु झुमी झुमी नाचेका थिए । गायिका खत्रीको केटी हो फाईनली भिनाजु भेटियो जुत्ता लुकाउनलाई रेडी हो, मेरो एक्सको छम्मा, पैसा सैसा चैट पैसा सैसा चैट, तिमी त डबल माया लाउन साह्रै सिपालु, सितलु छाया लाहुरे माया मेरो जे भनेनि उनै यसमा शंक छैन, लगायतका चर्चित गीतमा नेपालगञ्ज महोत्सवका दर्शक रमाएका थिए ।
गायिका रुपा घर्ति मगर र शान्ति सुनार लगायतको चर्चित चर्चित कलाकारहरुको प्रस्तुतीसंगै स्थानिय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुती रहेको थियो भने कार्यक्रमको संचालन दिपु मगर र अशोक रावलले गर्नुभयो ।
शनिवार चर्चित मोडल तथा नायक पल शाह, गायिका बिमिता घर्ति मगर, मोडल डान्सर, रेशम नेपकिंग,मोडल डान्सर प्रकाश सोनी, मोडल डान्सर रितु सिरपाली, मोडल मेघना, डान्स डाइरेक्टर नवराज सुबेदी लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संंयोजक नन्द बुढाले जानकारी दिनुभयो । यस्तै महोत्सबमा हरेक दिन प्रदेशस्तरीय डान्स आइडल प्रतियोगिता समेत जारी रहेको संयोजक बुढाले बताउनुभयो ।





