
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न-७ निबुवाटार टोल बिकास संस्थाको अध्यक्षमा कमल पुन निर्बाचित हुनुभएको छ । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा ७ का वडाअध्यक्ष राम लखन थारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७ जना कार्यसमिती चयन गरिएको छ । अध्यक्ष पदमा निर्बाचित भएप्रश्चात अध्यक्ष पुनले संस्थाको सम्पुर्ण कार्यसमितिलाई बधाई दिदै राप्तीसोनारीभित्रको उत्कृष्ट संस्था बनाउन समेत आह्वावान गर्नुभयो ।
अध्यक्ष पुनले आफ्नो कार्यकालमा टोलभित्र चोरी डकैती तथा अन्य असामान्य गतिबिधिहरुको निगरानी गर्न आफ्नो भौगोलिक क्षेत्रभित्र ध्यान राख्न गाउँपालिकामा योजना पेश गर्ने, टोलका बत्तीका पोलहरुमा जडित बत्तीहरुको नियमित मर्मत गर्ने, ढल्किएका तथा जिर्णरुपमा रहेका बिजुलीका पोलहरु फर्ने र वडा तथा प्राधिकरणमा पत्रचार गरी आवश्यक ब्यवस्थापन गर्न पहल गर्ने, बाटोको निर्माण तथा मर्मतको लागि पालिकामा नियमित रुपमा योजनाहरु पेश गर्ने, टोलबासीहरुको आवश्यकता बमोजिम खानेपानी लाईनमा पानी सन्चालन गर्न सम्बन्धित सस्थामा अनुरोध गर्ने, बिभिन्न सघ सस्थाहरुसग को समन्वयमा सामाजिक कार्यहरु रक्तदान एवं स्वास्थ्य शिविर सन्चालन गर्ने, टोलबासीहरुबिच सधै आपसी मेलमिलाप तथा धार्मिक साँस्कृतिक भावनालाई सम्बर्धन गर्न बिभिन्न धार्मिक तथा सामाजीक कार्यहरुमा सहभागिता जनाउन पहल गर्ने, टोलको सौन्दर्य तथा बाताबरण सुधारलाई ध्यानमा राखी समय समयमा बाताबरण सरक्षण तथा फोहोर मैला ब्यवस्थापनसँग सम्बन्धित संस्थाहरुसँग समन्वय गरी जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्ने, एक घर एक बिरुवा कार्यक्रमलाई अनिबार्य गरी टोललाई हरियाली समाजको रुपमा परिचित गराउन पहल गर्ने, टोल बिकास संस्थाका सदस्य तथा सदस्यका ७० बर्ष भन्दा माथिका आमाबुबाहरुलाई वार्षिक साधारण सभा तथा बिशेष कर्यक्रमको अबसरमा सम्मान गर्ने, यस्तो सम्मान ७० बर्ष पुगेपछि पहिलो पटक र दोहोरिने अवस्थामा हरेक ५ बर्षपछि बिशेष सम्मान प्रदान गर्ने, टोल बिकास संस्थाका साधारण सदस्य तथा पदाधिकारीहरुको मृत्यु भएको अवस्थामा तेर्हौ पुण्य तिथिभित्र परिवारका सदस्यलाई भेटि समवेदना पत्र दिने साथै पछिको साधारण सभा वा बिशेष कार्यक्रमको अवसरमा उक्त पदाधिकारीको योगदानको उच्च मुल्याकन गर्दै परिवारका सदस्यलाई निजको नाम उल्लेख गरिएको कदर पत्रले सम्मान गरिने र टोल बिकाश सस्थाले वडा कार्यालय सग समन्वय गरी हरियाली बिकास कार्यक्रमका लागि पहल गरिने लगायतको साझा उदेश्य प्रस्तुत गर्नु भएको थियो ।
वडा अध्यक्ष थारुले टोलको बिकासका लागि प्रतिबद्ध भएर लाग्न सुझाव दिदै टोल बिकास सस्थाका पदाधिकारीहरुलाई बधाई दिनुभएको थियो । उहाँले छिट्टै पहिलो बैठक बसि अन्य सल्लाहकारसहितको पदाधिकारीहरुलाई पुर्णता दिने निर्देशन दिनु भएको थियो । टोल बिकास संस्थाको उपाध्यक्षमा अमर बहादुर घर्ती मगर, सचिव राम कुमारी थारु, कोषाध्यक्ष राम कुमारी सदस्यहरुमा क्रमश ः कल्पना बुढा मगर, मान बहादुर थारु, दशैटी थारु, पुतला घर्तिमगर, प्रदेशनी थारु र पबित्रा थारु रहनु भएको सचिव राम कुमारी थारुले जानकारी दिनुभयो ।





