नेपालगञ्ज-१८ मा याे वर्षको पाँचौ याेजना कार्यान्वयन प्रक्रिया शुरू

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ मा थप पूर्वाधार विकास निर्माणमा एकपछि अर्को शुरूवात गरिएको छ । वडाको क्षेत्रभित्र रहेका सम्पूर्ण टोलहरूमा आवश्यकता अनुसारको मागलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार बिकास निर्माणको कार्यको यस आर्थिक वर्षमा आज बिहीबार पाँचौ याेजना शुरू गरिएको छ ।

सोही क्रममा नागरिक टोल अन्तर्गत पण्डित महाराजको घर हुँदै दक्षिण हिरालाल प्रसाई (कवि) को घर अगाडी बाटो पूर्वाधार निर्माणको कार्य शुरू गरिएको वडा अध्यक्ष दिपक बर्माले जानकारी दिनुभयो ।

साे टोलमा निर्माण हुन लागेको बाटो करीब ३ सय ५० मिटरको आर.सी.सी नालासहित सडक निर्माण कार्यको बिहिबार औपचारिक रूपमा पुजा पाठ गरेर वडा अध्यक्ष बर्मासहित वडा सदस्य, नागरिक टोलबासीको टोलीले शिलान्यास गरेका छन् ।

३५ लाखको लागतमा निर्माण हुन लागेको तथा यस अगावै यस आर्थिक वर्षमा रु. ५० लाख गरी रु. एक करोडको लागतमा नाला तथा सडक निर्माण तदारुक्ता साथ भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयो ।

वडाको योजना अनुसार आवश्यक मागलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयनलाई अघि बढाएका छौं, वडा अध्यक्ष बर्माले भन्नुभयो, वडाको सम्पूर्ण टोलहरूमा सहज आवागमन हुने वातावरण निर्माण गर्न र वडाबासीले जनप्रतिनिधिलाई बिश्वास गर्ने अवस्था कायम होस् भन्ने उद्देश्यले कामहरू चरण चरणमा सञ्चालन गरिएको छ । साथै यसै आर्थिक वर्षमा वडाभित्रका सम्पूर्ण सडक स्तरउन्नति गर्ने वडाध्यक्ष बर्माले बताउनुभयो ।

संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्ज अन्तर्गत शुरू भएको निर्माण शिलान्यास कार्यक्रममा वडा सदस्यसहित टोलबासी, संघीय आयोजना कार्यालयको सहयोगी र वडाका अगुवाहरूको उपस्थिति रहेको थियो ।

यो चालू आर्थिक बर्षमा यसभन्दा पहिला यस वडामा विशाल चोक मोडेल एकेडेमी टोल, छ कुने चोक लगदहवाभित्र नाला तथा भित्री सडक निर्माण, यातायात कार्यालयदेखि पुर्व गोर्खा साईकल हुँदै स्प्रीङ्गडेल एकेडेमी स्कुल टोलको सडक निर्माण कार्य जारी छ ।

वडाध्यक्षका अनुसार शिक्षा क्षेत्रमा आवश्यक भवन निर्माण, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, सामाजिक सहकार्य गरिनुका साथै खेलकुद क्षेत्रमा समेत लगानी गर्ने याेजना रहेकाे छ ।

Previous articleराप्तीसोनारी ७ निबुवाटार टोल बिकास संस्थाको अध्यक्षमा पुन निवार्चित
Next articleबाल विवाह गर्ने दुलाहसहित पण्डित पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here