
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका बाल विकास केन्द्रका शिक्षकहरूको क्षमता अभिवृद्धि गरिएको छ ।
नेपालगन्जमा तीन दिने तालिमको आयोजना गरेर बाल विकस केन्द्रका शिक्षकहरूका लागि संचालन गरिएको क्षमता अभिवृद्धि तालिम बिहीबार सकिएको छ ।
हातेमालो परियोजना अन्तर्गत अनलक लिटरेसी मोडेलमार्फत सामाजिक विकास मंच (एसडिएफ) बाँकेले संचालन गरेको तालिमको बिहीबार समापनमा जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले बालबालिकाको जग बलियो बनाउने कार्यमा बाल विकासका शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
गुणस्तरीय शिक्षाले विकासित समाज निर्माण गर्ने बताउँदै उहाँले सामाजिक विकास मंचसँग सहकार्य गरी प्रभावकारी शिक्षण कार्यमा सहयोग पुर्याइने बताउनुभयो । शिक्षा विकास समन्वय इकाइ बर्दियाका प्रमुख देवमणि चौधरी तथा बाँके इकाइका शाखा अधिकृत श्याम बहादुर विकले सहजीकरण गर्नुभएको थियो ।

तालिममा बाल विकस केन्द्रको परिमार्जित पाठ्यक्रमको आवश्यकता, महत्त्व, बाल विकस केन्द्रको सिकाइ उपलब्धि, बाल विकस केन्द्रको एकीकृत ढाँचा, बाल विकस केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड, इएलडी टुल्सको मुल्यांकन, रिपोर्ट कार्डबारे अभ्यासबारे जानकारी गराइएको थियो । साथै बाल विकास केन्द्रका शिक्षकहरूको व्यक्तिगत शिक्षण कार्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको समापन कार्यक्रमका फोकल पर्सन घनश्याम उपाध्याय तथा सम्सुद्दिन खानको उपस्थिति रहेको थियो । तालिममा जानकीका २७ वटा विद्यालयका २७ जना बाल विकास केन्द्रका शिक्षकको सहभागिता रहेको कार्यक्रमका शिक्षा अधिकृत सहजराम यादवले जानकारी गराउनुभयो ।






