
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखा बाँकेको १९ औं उपशाखा सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपमहासचिव राज कुमार वर्माले रेडक्रसका प्रवर्तक जाँ हेनरी ड्यूनाको तस्बीरमा माल्यार्पण तथा ब्यानर वाचन उपशाखा सभाको उद्घाटन गरिएको थियो ।
उपशाखाका सभापति शिव कुमार वर्माको अध्यक्षतामा भएको सभामा वार्षिक प्रतिबेदन २०७९/०८० र आय व्यय २०८०/०८१ को प्रस्तावित प्रतिवेदन कार्यक्रम तथा आ.ब २०७९/०८० मा १ लाख ११ हजार ७ सय ६३ रुपैया बराबरको खर्च बिवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश श्रीवास्तव, वडा नं-२२ का पूर्ववडाध्यक्ष बिद्याराम वर्मा, १९ का का.ब. वडाध्यक्ष राम सुहावन कुर्मी, पुरैनी उपशाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्गको उपस्थिति रहेको थियो ।
उपशाखाले आ.ब २०७९/०८० मा भएको प्रगति विवरण अनुसार वडा नं-२२ नहरपुर्वामा आफ्नै उपशाखा भवनमा कार्यालय खोली सञ्चालन, उप शाखा अन्तर्गत १ वटा सामुदायिक स्तरको युवा सर्कल र ३ वटा जुनियर सर्कल गठन भई सक्रिय रुपले काम गर्दै आई रहेको छ वडा नं-२२ को पुरैनी । १९ को बसुदेवपुरमा र २१ पुरैनामा अलग अलग प्रकृतिक प्रकोपबाट पिडित परिवारलाई सेवाहरु उपलब्ध गारउँदै आएको छ ।
आगलागी, बाढीपिडित र वर्षाबाट पिडित परिवारलाई लत्ता कपडा, भाडा, त्रिपाल, कम्बल, बाल्टी लगायतका सामग्री वितरण, वडा नं-२२ को वडा कार्यालयको सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए । वडा नं-२२ र १९ बाट फर्निचर सहयोग प्राप्त, वडा नं-२२ को सहकार्यमा उपशाखा पुरैनीको समन्वयमा निःशुल्क शिविरमा ९० जनाले सेवा लिएका थिए ।
वडा नं-२१ को पुरैनाको सहयोगमा आजीवन सदस्यहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको थियो । उपशाखामार्फत कर्णली प्रदेशको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पिडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।
आजीवन सदस्य पवन जायसवालले स्वागत गर्नुभएको कार्यक्रममा अतिथिले मोहिनी गुप्ता, गीता कुमारी घर्तीमगर, शान्ति कुमारी राना, पूनम साहू, समराज्ञी मल्ल, बिजय रावत, जितेन्द्र वर्मा, धु्रव नेपाली, लहानी चौधरी, सुस्मिता गुरुङ्ग, रेशमा धोबी, साकरुन धोबी लगायतलाई आजीवन सदस्यता प्रमाण-पत्र वितरण गर्नुभएको थियो ।





