प्याब्सन बाँकेले स्थापना दिवसमा बिबिध कार्यक्रम गर्ने

नेपालगन्ज । बाँकेमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) ले ३३औं स्थापना दिवस कोहलपुरमा पहिलोपटक भव्यरुपमा मनाउने भएको छ ।

नेपालमा निजी तथा आवासीय विद्यालय स्थापना भएको ३३ वर्ष पुगेको भन्दै आइतबार पत्रकार सम्मेलनमा गरी प्याब्सन बाँकेका अध्यक्ष यम रावतले एक स्कुल एक शिक्षक सम्मान गर्ने बताएका छन् ।

३३औं स्थापना दिवसको अवसरमा विज्ञान प्रदशनी, उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित पुरस्कार दिने लगायत विविभ साँस्कृति कार्यक्रम गर्न लागेको बताउनुभयाे ।

कोहलपुरस्थित पिपल चौताराबाट प्रभातफेरी सुरु हुनेछ । प्याब्सन बाँकेमा आवद्ध १ सय १४ विद्यालय सहभागि हुनेछन् । प्याब्सनको स्थापना दिवसमा सांस्कृतिक पञ्चेबाजा, मयूर नाच सहित संस्थापक, प्रिन्सिपल, शिक्षक, कर्मचारी, स्कुल व्यानर र पोशाकमा कोहलपुर पिपल चौतारा, विद्युतरोड, न्यूरोड हुँदै गोलपार्कमा कोणसभा हुने प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताउनुभयाे ।

अध्यक्ष रावतका अनुसार २४ गते (मंगलबार) का दिन कोहलपुर ११ भ्यु टावर नजिकै रहेको खुल्ला मैदानमा ३३औं स्थापना दिवस मनाउन लागेको हो ।

प्याब्सनको स्थापना दिवस कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथि रहने तथा नेपालको शिक्षामा लगानीको योगदान बारे दुई सुझावबारे सम्बोधन गर्ने कार्यक्रम समेत रहेकोे छ ।

Previous articleनेपालगञ्जमा हात्तीपाईले रोगको जिवाणु खोजी गरिँदै
Next articleरेडक्रस पुरैनी उपशाखाको १९ औं उपशाखा सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here