मृगौला पीडित शाहद्वारा सहयाेगकाे आग्रह

नेपालगञ्ज । कोहलपुरकाे पिपिरीस्थि नयाँ बस्ती टोलमा बस्दै आउनुभएकी ममता टमटा शाह दुबै मृगौलाको समस्याले पीडित हुनुभएको छ । २२ वर्षीया शाहलाई बचाउन शाह बचाउ अभियान संचालनमा गरिएको छ ।

मृगौला पिडित ममतालाई उपचारको क्रममा भारतको लखनउ र कोहलपुर मेडिकल कलेजमा उपचार गर्दागर्दै परिवारले आफ्नो जीवनभरको कमाई सकिएपछि थप उपचारका लागि परिवार चिन्तित बनेको छ ।

वडाको सिफारिसबाट वडा, गाउँ घरमा लगभग ८० हजार चन्दा संकलन गरिएको छ । हाल कोहलपुर मेडिकल कलेजले काठमाडौं रिफर गरेपनि आर्थिक अभावका कारण परिवार जान सकेकने छैन ।

उपचारका लागि जान नसकेर पिडित घरको कोठामा मृत्यु कुरेर बस्नु बाहेक अरु कुनै विकल्प नभएको गुनासो पिडित ममताले आइतबार पत्रकार सम्मेलनमा बताउनुभयाे ।

श्रीमान सुमन कुमार शाहले श्रीमती ममताको उपचारका लागि देश र विदेशमा रहनु भएका सम्पूर्ण सहयोगी मनहरुलाई गुहार गर्दै सहयोगको अनुरोध गर्नुभयाे । न्यून आर्थिक अवस्थाका कारण टाढा उपचार गर्ने क्षमता नभएको कारण उपचार असफल भएकाले स्थिति झन बिग्रेकाले गाँउवासीहरुद्वारा सहयोग संकलन गरिएको थियो ।

डाक्टरका अनुसार उपचारमा धेरै रकम लाग्ने भएकाले श्रीमतीकाे उपचारको लागि सहयोग गरिदिन श्रीमान शाहले अपिल गर्नुभ एकाे छ ।

ममतालाई उपचारका लागि सहयोग गर्न चाहने इच्छुकले ग्लोबल आइएमई बैंक कोहलपुर बाँकेमा रहेकाे ममता टमटा शाह नामकाे खाता न.३१४०७०१००१७१७० मा जम्मा गर्न सकिने श्रीमान शाहले जनाउनुभयाे । शाह परिवारकाे एक छोरा छन् ।

Previous articleचिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था
Next articleबाँकेमा चलचित्र छायांकनका सम्बन्धी अन्तरक्रिया सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here