कम्दीस्थित सत्यराम तपसी बाबा मन्दिरमा तीन दिने झाँकी कार्यक्रम हुने

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-३, ४ र ५ अन्तर्गत कम्दीमा रहेकाे श्री सत्यराम तपसी बाबा मन्दिरमा यही शनिबारदेखि तीन दिने झाँकी प्रदर्शनसहित बिबिध कार्यक्रम हुने भएकाे छ ।

मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मभूमीमा निर्माण भइरहेको नयाँ मन्दिरको भूतलको ग्रहगृहमा भगवान श्री रामको बाल स्वरुपको नयाँ मुर्तीको प्राण प्रतिष्ठा हुन गइरहेको शुभ अवसरमा यही माघ ६ गतेदेखि ८ साे मन्दिरमा झाँकी प्रदर्शनीसहित बिबिध कार्यक्रम हुन लागेकाे हाे ।

झाँकीसँगै माघ ०८ गते (२२ जनवरी २०२४) समय: बिहान ८:०० बजेदेखि शाेभा यात्रा, साेही दिन दीप प्रज्वलन तथा प्रसाद वितरण हुन लागेकाे स्थानीय भाेला गुप्ताले जानकारी दिनुभयाे । झाँकी अवलाेकन तथा विभिन्न कार्यक्रमहरूमा उपस्थित भईदिन स्थानीय अगुवाहरूले अनुराे समेत गरे ।

Previous articleश्रीराम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा हवेली चाय पसलले मिष्ठान वितरण गर्ने
Next articleडुडुवाद्वारा चालु वर्ष २०८०/०८१ को प्रगति विवरण सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here