श्रीराम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा हवेली चाय पसलले मिष्ठान वितरण गर्ने

नेपालगञ्ज । श्रीराम मन्दिरकाे प्राण प्रतिष्ठाकाे अवसरमा नेपालगञ्जस्थित हवेली चाय पसलले सेवाग्राहीका साथ मिष्ठान वितरण गर्ने भएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-११ त्रिभुवनचौकमा अवस्थित पसलले यही २०८० माघ ०८ गते सोमबारका दिन आयाेध्यामा हुने प्राण प्रतिष्ठाकाे अवसरमा साेही दिन मिष्ठान बितरण गर्न लागेकाे हाे ।

साे दिन बिहान १०ः०० बजेदेखि प्रभुइच्छासम्म मिष्ठान बितरण गर्ने कार्यक्रम रहेको हवेली चाय पसलका संचालक राजेन्द्र कुमार साहूले जानकारी दिनुभयाे ।

आयोध्यमा हुन लागेको मार्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको मन्दिरको समुद्घाटनको खुसीमा मिष्ठान वितरण कार्यक्रम गर्नुपर्ने पसलका सेवाग्राहीले माग राखेपछि पसलले उक्त कार्यक्रम गर्न लागेका संचालक साहूले बताउनुभयो ।

सनातन हिन्दूहरुको आस्थाको केन्द्र मानिने भारतको आयोध्यामा लगभग ५०० वर्षपछि मार्यादा पुरुषोत्तम श्री रामचन्द्रजीको जन्मस्थानको रुपमा रहेकाे आयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा पुजन कार्यक्रम यही २०८० माघ ८ गतेका दिन हुन लागेकाे छ ।

पसलले मिष्ठान वितरण कार्यक्रममा सहयाेग गर्न चाहनेले सहयाेग गरेर सहभागि हुन पनि सकिने र सम्पूर्ण आम व्यक्तिहरूलाई उपस्थित भई प्रसाद ग्रहणका लागि अमन्त्रण गरेकाे जनाएको छ ।

Previous articleचिसाेका कारण बाँकेमा केही दिन बिद्यालय बन्द, डुडुवाले पनि दियाे बिदा
Next articleकम्दीस्थित सत्यराम तपसी बाबा मन्दिरमा तीन दिने झाँकी कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here