नेपालगञ्जमा संचालित पावर फोर एवाई परियोजनाको परिचयात्मक

नेपालगञ्ज । नेपालगञ्जमा संचालन हुने पावर फोर एवाई परियोजना-२०२४ को परिचयात्मक कार्यक्रम गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सामाजिक बिकास मञ्च बाँकेले संचालन गर्ने सो परियोजनाबारे शुक्रबार परिचयात्मक कार्यक्रम गरिएको हो ।

नेपालगञ्ज नगरभित्रका किशोर किशोरी लक्षित बिद्यालय तथा समुदायमा केन्दीत भएर संचालन गरिने परियोजना बारे मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठ जानकारी गराउनुभएको थियो । परियोजनाले-२०२३ मा कार्य गर्दै आएको मोडालिटी अनुसार नै संचालन हुन लागेको हो । समाजमा रहेका पिछडिएका उत्पीडित दलित, जनजातीहरुलाई बिभिन्न कोषबाट सहयोग गरी सभ्य तथा समुन्नत समाजको निर्माण गर्ने लक्ष्य मञ्चको रहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अनुसार असमानता तथा भेदभावमा परेका किशोर किशोरी तथा युवाहरुको सर्वाङ्गिण बिकास गर्ने परियोजनाको लक्ष्य रहेको र व्यक्तिगत बिकास तथा बित्तिय सशक्तिकरणका निम्ति अपाङ्गमैत्री, लैंङ्गिकमैत्री, नीति तथा योजनाको निमार्ण, किशोरी अवस्थामा हुने गर्भावस्थामा कमि ल्याउने, लैंङ्गिक समावेशितामा आधारित कार्यात्मक साक्षरतामा बृद्धि तथा युवाहरुको शैक्षिक मार्गमा पुर्याउने, किशोरी किशोरी र युवाहरुको सम्मानजनक रोजगारीमा पहुँच हुने उद्देश्यका साथ कार्यक्रमहरु तय गरिएको जनाइएको छ ।

१३ देखि १५ वर्ष सम्मका बिद्यालय छोडेका वा छोड्ने सम्भावना भएका अति बिपन्न समुदायका बालबालिकाहरु (५० प्रतिशत महिला र २ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु) र १६ देखि २४ वर्षसम्मका बिद्यालय छोडेका वा रोजगारी तथा स्वरोजगारका लागि अवसरको खोजी गरिरहेका अति विपन्न समुदायका युवाहरु (५० प्रतिशत महिला र २ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु) लाई यो परियोजना लक्षित गरिएको छ ।

सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन हुने यसमा नेपालगञ्जको वडा-२, ८, १२, २१ र २२ का ४ वटा सामुदायिक बिद्यालय, दुई वटा स्वास्थ्य चौकी, नगरस्तरीय अपाङ्ग संजाल, एक वटा सहकारी र जिल्ला युवा क्लब संजालसँगै वडास्तरीय पाँच वटा युवा क्लब परियोजनाको कार्यक्षेत्र रहने संयोजक श्रेष्ठले बताउनुभयो । सो अन्तर्गत छात्रबृति सहयोग, जीवन उपयोगी सीप, उद्यम बिकास तालिम, बिद्यार्थीहरुका लागि उपचारात्मक कक्षा संचालन, घुम्ती कोष, व्यवसाय संचालनका लागि स्टार्टअप सहयोग जस्ता गतिबिधिहरु संचालन गरिने मञ्चका कार्यक्रम अधिकृत बृजेश ठाकुरले बताउनुभयो ।

परिचयात्मक कार्यक्रममा नेपालगञ्ज वडा नं-२ का वडाअध्यक्ष मनोज श्रेष्ठ, वडा नं-८ का वडाअध्यक्ष रजनीश बाचपइ, वडा नं-२१ का राजकुमार साहू, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शुरेस प्रसाद परसैला, महाराजा माध्यमिक बिद्यालय पुरैनाकी प्रधानाध्यापक मञ्जु शर्मा, नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत छैठों आशा शाही, वडा सचिवहरु, सेभ द चिल्ड्रेनकी बुलगारी परियोजना अधिकृत फुल कुमारी चौधरी, मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

जुलाई-२०२१ देखि जुन-२०२६ सम्म परियोजनाको समायावधी रहेको भएपनि प्रत्येक वर्षको शुरुमा परियोजनाको गतिबिधि परिचयात्मक गर्ने गरिएको छ । सोही कार्यक्रममा-२०२३ मा भएका गतिबिधिबारे समेत जानकारी गराइएको थियो ।

Previous articleडुडुवाद्वारा चालु वर्ष २०८०/०८१ को प्रगति विवरण सार्वजनिक
Next articleडुडुवाका हरेक याेजना पारदर्शी हुनुपर्ने जनप्रतिनिधिकाे माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here