डुडुवाका हरेक याेजना पारदर्शी हुनुपर्ने जनप्रतिनिधिकाे माग

नेपालगञ्ज । बाँकेकाे डुडुवा गाउँपालिकाकाे हरेक याेजना पारदर्शी हुनुपर्ने भ्रष्टाचार र अनियमितता बिरूद्व लागेका जनप्रतिनिधिले माग गरेका छन् ।

उनीहरूले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाकाे हरेक गतिविधि अपारदर्शी भएकाले हाम्रो बिराेध भएकाे बताए । जबसम्म सबै याेजना तथा विभिन्न निर्णय पारदर्शी बनाईदैन त्यतिबेलासम्म हाम्राे बिराेध निरन्तर रहने उनीहरूले सम्मेलनमा बताए ।

बिगतका गाउँसभा संचालनका लागि आफुहरूले साथ दिएपनि सभा पश्चात् पुन : पहिलाको जस्तै रवैया गाउँपालिका अध्यक्षले देेखाएकाे हुँदा फेरि बिराेध गर्नुपरेकाे वडा न-६ का वडाअध्यक्ष माेहनराम मिश्रले बताउनुभयाे ।

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चाैधरीले हरेेक याेजना एकलाैटी रूपमा चलाउन खाेजेर अन्य जनप्रतिनिधिकाे कुरा नसुन्ने, सबै आफ्नै कुरालाई लाद्न खाेज्ने र संचालन भएका याेजनाहरू कहिँ पनि उपलब्धिमुलक नदेखिएपनि धेरै नमूना काम गरे भनेर फुर्ति र गफ लगाउने गरेकाे वडाअध्यक्ष मिश्रले दाबी गर्नुभयाे ।

वडा न-५ का वडा अध्यक्ष झंक बहादुर थापाले हिंजाेका दिनमा हाम्रो निरन्तरकाे बिराेधका बाबजुद जसपा जनप्रतिनिधिलाई मिलाएर जाने भनेर जसपाका केही व्यक्ति व्यक्तिगत स्वार्थका लागि लागेकाे दाबी गर्नुभयाे । उहाँले केही व्यक्ति स्वार्थका कारण लागेपनि बाँकी जनप्रतिनिधि उहाँकाे असभ्य व्यवहारका बिरूद्वमा रहेकाे त्यही गैर नीतिगत कार्यका बिरूत्रद्वमा स्वयं कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पनि आफुहरूकाे साथमा आएकाे वडाअध्यक्ष थापाले बताउनुभयाे ।

´पालिकाकाे याेजनाहरूका बारेमा बारम्बार सूचना माग गरिन्छ, त्यसलाई बेवास्ता गरिएको छ ।वडा अध्यक्ष थापाले भन्नुभयाे, ´राष्ट्रिय सूचना आयाेगले समेत सूचना दिनु भन्दा माग गरेकाे महिनाै बितेपनि सूचना दिईदैन ।

नजिकै रहेकाे उपमहानगरपालिकामा समेत खाजा लगायतका शिर्षकमा त्यति खर्च हुँदै, त्याेभन्दा दुगुना/चाैगुना ६ वटा वडा रहेकाे डुडुवामा हुने गरेकाे छ, याे भ्रष्टाचार नभए अरू के हाे त ? वडा अध्यक्ष थापाकाे दाबी छ ।

याे जनप्रतिनिधिकाे मात्रै बिराेध नभएर तमाम डुडुुवाका जनताकाे बिराेध भएकाे भन्दै अध्यक्ष थापाले बिस्तारै तमाम जनाता बिराेधमा आउने दिन आईरहेकाे उल्लेख गर्नुभयाे । साथै उहाँले पत्रकार र जनतामाझ पालिकाकाे याेजना तथा विवादित कुराहरूका बिषयमा खुल्ला छलफल गर्न उनीहरूले चुनाैती दिएका छन् ।

डुडुवामा अध्यक्षकाे एकलाैटी कार्यशैलीप्रति जनप्रतिनिधिकाे बिराेधसँगै कार्यक्रम बहिस्कार हुँदा केही दिनअघि डाकिएकाे डुडुवाकाे बिशेष गाउँसभा स्थगित भएकाे छ । जनप्रतिनिधित्वकाे बिराेधकै कारण यसअघि पनि आर्थिक वर्ष २०७९/२०८० मा ६ महिनासम्म गाउँ सभा हुन सकेकाे थिएन ।

Previous articleनेपालगञ्जमा संचालित पावर फोर एवाई परियोजनाको परिचयात्मक
Next articleनमूना वडा निर्माणका लागि सरसफाई अभियान, फाेहाेर फाल्नेलाई दण्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here