
बाँँके । प्रहरीले एक करोड बढि ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलनमार्फत ठगी गरेकाहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले एक करोड ८९ लाख ५० हजार ठगी गरेको आरोपमा दैलेखका धनबादुर रोका, सल्याका कृष्ण शाह र डिल्लीबहादुर बोहरालाई पक्राउ गरेको हो ।
बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाका अनुसार नागमणि रहेको भन्दै ठगी गरेको आरोपमा नेपालगञ्ज १ बाट चालिस लाख नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो । यस्तै तीन किलो अफिम, २२ ग्राम ब्राउन सुगर, रेडपाण्डाको छाला र नेकपा बिप्लव माओवादीका एक जना कार्यकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ ।





