खजुरा-८ मा जेष्ठ नागरिकलाई न्यानाे कम्बल बितरण शुरू

खजुरा । बाँकेकाे खजुरा गाउँपालिका वडा नं-८ ले जेष्ठ नागरिकलाई न्यानो कम्बल बितरण शुरू गरेकाे छ । साेमबार वडा कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरेर गाउँपालिका अध्यक्ष डम्बर बिकले बितरण कार्यकाे शुभारम्भ गर्नुभएको थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष बिकले हामीले हाम्रा जनतालाई बिभिध गतिविधिमार्फत सेवा प्रदान गरिरहेकाे बताउनुभयाे । उहाँले जेष्ठ नागरिककाे सुरक्षाका निम्ति स्थानीय सरकारले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई निभाउन अघि बढिरहेकाे बताउनुभयाे ।

स्थानीय सरकारले राज्यका रूपमा आफ्ना नागरिकका लागि शिक्षा, स्वास्थ्यलगायतका सेवा प्रभावकारी बनाउन लागिरहेकाे पनि अध्यक्ष बिकले उल्लेख गर्नुभयाे । गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले निर्वाचित भएर हामीलाई यहाँहरूले पठाएको र त्यपछि हामीले तपाईंहरूका लागि याेजनाहरू कार्यान्वयनमा ल्याएकाे बताउनुभयाे ।

वडा नं-८ का वडा अध्यक्ष फिराेज खाँले याे चिसाेमा केही राहत हाेस भनेर कम्बल बितरण शुरू गरिएको बताउनुभयाे । उहाँले जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित वर्ग विशेष यस्ता याेजना अघि बढाएकाे बताउनुभयाे ।

प्रंजली समृद्ध नेपाल खजुरा-३ काे सहजीकरणमा शुरू भएको कार्यक्रमकाे कार्यपालिका सदस्य एवं वडा सदस्य, ईलाका प्रहरी कार्यालयका प्रमुख, प्रंजलीका अध्यक्ष गणेश बहादुर थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रंंजलीका कार्यक्रम संयाेजक हरि अधिकारीका अनुसार यस वडाका ५८८ जनालाई कम्बल बितरण गर्ने याेजना रहेकाे छ । साेमबार पहिलाे दिन केहीलाई प्रदान गरिएको र बाँकीलाई थप दुई दिनमा बितरण गर्ने संयाेजक अधिकारीले जानकारी दिनुभयाे । संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्ने जनाएको छ ।

Previous articleशान्ति, सदभावका लागि सबैको सक्रियता आवश्यक : धर्मगुरु
Next articleनेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here