शान्ति, सदभावका लागि सबैको सक्रियता आवश्यक : धर्मगुरु

नेपालगञ्ज । शान्ति, सदभाव र धार्मिक सहिष्णुताको लागि धर्मगुरुहरुसँग आइतबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । शान्ति, सदभाव तथा धार्मिक सहिष्णुताको लागि समाजका सबैको एकै खालको सक्रियता हुनुपर्ने अन्तरक्रियामा जोड दिइएको छ ।

कार्यक्रममा बोल्दै बागेश्वरी मन्दिरका प्रमुख महन्त चन्दननाथ योगीले सबै धर्म भनेको मानव धर्म भएकाले सबैले शान्तिका लागि एकता कायम गर्नुपर्ने बताउनुभयो । उहाँले धर्ममा मात्रै नभएर सबै क्षेत्रमा शान्तिको आवश्यकता रहेको भन्दै धर्मगुरु योगीले कुनैपनि क्षेत्रमा अराजकता हुन नहुने बताउनुभयो ।

राष्ट्रको बिकासका लागि समुन्नत बिकास र समुन्नत कल्याण हुनुपर्ने र राष्टको कल्याण नै समाजमा शान्ति व्यवस्था कायम हुने बताउनुभयो । उहाँले युवा क्षेत्रले पछिल्लो समय बिभिन्न नकारात्मक कुराहरुमा अल्झिरहेकोले त्यस्ता कार्यबाट पन्छिएर समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

यस्तै मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरीले शान्ति कायमका लागि मानिसले सोंच फराकिलो बनाउनुपर्ने बताउनुभयो । ‘पृथ्बीमा भएका सबै समुदायका मानिस अलिकति काटेर हेर्नुस, सबैको रगत रातो नै हुन्छ,’ मौलाना मन्जरीले भन्नुभयो, ‘त्यसकारण शान्तिपूर्ण समाज निर्माणका लागि मानसिक्ता परिवर्तन गर्न जरुरी छ ।’

समाजमा युवा शक्तिले चाहेमा दिगो शान्ति स्थापना गर्न सक्ने भएकाले एकले कुनै कार्य गर्दा अरुको अधिकारको हनन गर्न नहुने कुरामा बिशेष ध्यान दिनुपर्ने पनि मौलना मन्जरीले जोड दिनुभयो । यस्तै बौद्ध धर्मका बौद्धिष्ट गुञ्ज बहादुर लामाले धर्म सबैको एउटै भएकोले एकले अर्काको सम्मान हुनुपर्ने बताउनुभयो ।

उहाँले सम्पूर्ण धर्मका अगुवाहरुले युवाहरुलाई एकअर्काको सम्मान गर्ने शिक्षा दिनुपर्ने बताउनुभयो । सभ्य समाज नेपाल बाँके, सहयात्री नेपाल, नेपाल युवा परिषद, युआर आई समन्वय सहकार्यमा नेपाल युनाईटसको आयोजनामा भएको कार्यक्रमलाई युनाईटसका कोषाध्यक्ष सोम गुरुङ्गले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा युवा अभियान्ता साहिल अन्सारी, सलमान सलमानी, चन्द्र प्रसाद शर्मा, रमेश कुमार यादव, दिपिका देवकोटाले असल समाजका लागि आफ्ना भनाईहरु राख्नुभएको थियो ।

Previous articleराससको अवधी समाचार सेवाको नेपालगञ्जमा उद्घाटन
Next articleखजुरा-८ मा जेष्ठ नागरिकलाई न्यानाे कम्बल बितरण शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here