बाँकेमा सहायक वन अधिकृत ७ हजार घुस रकमसहित पक्राउ

नेपालगञ्ज । बाँकेमा सहायक वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

बाँकेकाे सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे नेपालगञ्ज उपमहानगरपालिका वडा नं-११ बाट आज (बिहिवार) सात हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले सहायक वन अधिकृत पार्देलाई घुस रकमसहित पक्राउ गरेकाे छ ।

सहायक वन अधिकृत पार्देलाई सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम तथा श्रोत नखुलेको ४५ हजार ९ सय ७५ रुपैयाँ समेत गरी जम्मा ५२ हजार ९ सय ७५ रुपैयाँ समेत बरमद गरेकाे अख्तियारले जनाएकाे छ ।

Previous articleराप्तीसोनारी अध्यक्ष कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता
Next articleप्रतिभा खोजीका लागि खजुरामा बृहत् कार्यक्रम गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here