कम्दीका स्थानीयले गरे राप्ती नदी पुल क्षेत्रको सरसफाई

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकामा रहेको राप्ती नदीको पुल वरीपरि क्षेत्रको सरसफाई गरिएको छ । स्थनीय युवाहरुको समूहले शनिबार राप्ती नदीको दहसंस्कार गर्ने क्षेत्र लगायत पुल वरपर सरसफाई गरेका हुन ।

उनीहरुले सो क्षेत्रमा रहेको सम्पूर्ण फोहोरलाई सफा गरेका छन् भने खाल्डा खुल्डी पुरेका छन् । डोजरको सहायतामा खाल्डाखुल्डी पुरेको स्थानीय युवा भोला गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार मलामीमा आउने तथा अन्य बेला राप्तीमा आउने व्यक्तिहरुद्धारा निस्कने फोहोर जथाभावी फाल्नाले यस क्षेत्रमा फोहोर बढ्दै गएको छ ।

साथै उहाँले यहाँ आउने व्यक्तिले सबै किसिमको फोहोरलाई एक ठाउँमा मात्रै फाल्न अनुरोध गर्नुभयो । स्थानीयहरुको सक्रियतामा यो सरसफाई अभियान शुरु भएको छ । अबदेखि नियमित रुपमा प्रत्येक शनिबार सरसफाई अभियान संचालन डुडुवा गाउँपालिका वडा नं-५ का वडा अध्यक्ष झंक बहादुर थापाले बताउनुभयो ।

उहाँले यो अभियानमा स्थानीयलाई भारी संख्यामा अनुरोध गर्दै राप्ती क्षेत्र सफा गर्ने जस्तो पुण्य कार्यमा सहभागि हुन समेत अनुरोध गर्नुभयो । सरसफाई कार्यमा वडाअध्यक्ष थापासँगै इलाका प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय युवा तथा महिलाहरुको सहभागिता रहेको थियो ।

Previous articleप्रतिभा खोजीका लागि खजुरामा बृहत् कार्यक्रम गरिँदै
Next articleसिधनियामा मशानघाट निर्माणको लागि स्थलगत अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here