सिधनियामा मशानघाट निर्माणको लागि स्थलगत अनुगमन

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगन्जदेखि ७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको लागि समाजसेवीहरुको अगुवाईमा पहल अघि बढाइएको हो ।

व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि बारम्बार स्थलगत अनुगमन र श्रोतको खोजी कार्य भैरहेको अधिवक्ता तथा समाजसेवी विकास आचार्यले बताउनुभयो । मानिस बाचुञ्जेल जे जस्तो गरेपनि उसको अन्तिम घर (दाहसंस्कार) जाँदा दुख कष्ट नहोस भन्ने किसिमले मानिसको अन्तिम घर बनाउन खोजिएको अधिवक्ता आचार्यले बताउनुभयो ।

शवदाह गृह गर्न आउदा घाटमा देखिएको अव्यवस्थित संरचनालाई व्यवस्थापन गर्न हामीले पहल थालनी गरेको उहाँले बताउनुभयो । आधुनिक तरिकाले यसको संरचना निर्माण गरिन लागिएको छ बारम्बार यसबारे छलफल तथा स्थलगत निरिक्षण गर्दै आएको अधिवक्त आचार्यले बताउनुभयो । जुन किसिमले अहिले दाहसंस्कारमा समस्या छ यसलाई हटाउनको लागि हामी एकवद्ध तरिकाले लागेको मानवअधिकारकर्मी भोला महतले बताउनुभयो ।

राप्ती नदी किनारमा शवदाहस्थलसहित खानेपानी, विद्युत, आराम गर्ने हल, भलिबल कोर्ट, पार्क लगायतका संरचना निर्माणको योजनासहित जुटेको मानवअधिकारकर्मी महतले बताउनुभयो । नदी किनारमा अन्तिम संस्कारका लागि पुग्नेहरू घामपानीको समयमा समस्या हुने गरेकाे छ ।

यसैगरी बाढीको समयमा अन्तिम संस्कारका लागि उपयुक्त स्थान पाउन मुस्किल हुने गरेको हुनाले राप्ती पुल आसपास जहाँतहि शवदोहन गर्ने र फोहर फाल्ने लगायतका विभिन्न समस्यालाई हल गर्ने उद्देश्यका साथ केही ओत लाग्ने ठाउँसम्म भएपनि सहज हुने किसिमले व्यवस्थित घाट निर्माणका लागि गुरुयोजनाको पहल गरिएको डाक्टर बद्रि चापागाईले बताउनुभयो ।

शवगृहमा खानेपानी लगायत अन्तिम दाहसंस्कारका लागि चाहिने सम्पुर्ण कुराहरु निर्माण गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । बर्षायाम होस या गर्मीयाममा घाम पानीबाट बच्नको लागि नदीको बहाव अनुसार अन्तिम संस्कारका लागि व्यवस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य दिपा शर्मा रुपाखेतीले बताउनुभयो ।

निर्वाचित भएको पहिलो प्रथामिकतामा रहेको सिधनियामा शवदाह गृह र भेरी अस्पताल नेपालागन्जमा प्रसृति गृह बनाउने लक्ष्य अनुरुप थालनी गरेको प्रतिनिधिसभा सदस्य शर्माले बताउनुभयो ।

राप्ती पुल निर्माणसंगै पुलको उत्तर साइडमा बन्ने शवगृहको लागि स्थानीय तह, प्रदेश र संघिय तहका दाताको सहयोगमा निर्माण कार्य अघि बढाइनेछ । ’घाट निर्माणका लागि प्रतिनिधि सभा सदस्य शर्माको पहलमा डुडुवा गाउँपालिकामा ४० लाख बजेट विनियोजन भैसकेको छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको हो । घाटमा ४/५ वटा व्यवस्थित शवदाहस्थल निर्माण गर्ने योजना रहेको हो ।

यस कार्यमा सम्पुर्ण नागरिकले पहल गर्न आवश्यक रहेको प्रतिनिधि सभा सदस्य शर्माले बताउनुभयो । अन्तिम दाहसंस्कार गर्न आउने जोकोहीले बारम्बार गुनासो र संरक्षणका लागि पहल गर्न आग्रह गरे बमोजिम यसको थालनी अगाडी बढाएको शर्माले बताउनुभयो । अन्तिम संस्कारका लागि बाँके र बर्दियाका विभिन्न स्थानबाट सिघनियाघाटमा दाहसंस्कार गर्न आउने गर्दछन् ।

Previous articleकम्दीका स्थानीयले गरे राप्ती नदी पुल क्षेत्रको सरसफाई
Next articleराष्ट्रिय ब्याडमिन्टनकाे उपाधि प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जनले जित्न सफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here