चिसाेका कारण डुडुवामा बिद्यालय बिदा

नेपालगञ्ज । बाँकेमा चिसाे बढ्दै गएपछि डुडुवा गाउँपालिकाले आईतवारदेखि पुनः बिद्यालय बन्द गरेकाे छ ।

केही समयअघि बिद्यालय बिदा गरेर पुनः पठनपाठन शुरू गरेकाे पालिकाले जिल्लामा चिसाे बढ्दै गएपछि फेरि आईतबारदेखि पालिकाका बिद्यालय बन्द गरेकाे हाे ।

पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख संजय कुमार कर्णले केहीदिन यता चिसाे बढ्न थालेकाले आईतबारदेखि दुई दिनका लागि बिद्यालयमा बिदा दिईएकाे जानकारी दिनुभयाे ।

पालिका अध्यक्ष ज्यूकाे आदेशानुशार यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरुमा माघ १४ र १५ गते (दुई) दिन अध्ययन अध्यापन कार्य बन्द राख्न सूचना जारी गरिएको छ, शाखा प्रमुख कर्णले भन्नुभयाे ।

Previous article´समुदायमा कांग्रेस` अभियानका लागि बाँकेका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटिने
Next articleशिव शक्ति मा.वि पेरानीले जित्याे अध्यक्ष कप रनिङ शिल्डको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here