शिव शक्ति मा.वि पेरानीले जित्याे अध्यक्ष कप रनिङ शिल्डको उपाधि

राप्ती साेनारी । ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा छैठौं राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ को उपाधि शिव शक्ति मावि पेरानीले हात पारेको छ ।

राप्ती सोनारी गाउँपालिका अन्तर्गतका सबै विद्यालयलाई उछिन्दै शिव शक्ति मावि राप्ती सोनारी ८ पेरानीले १७ स्वर्ण, ५ कास्य र ५ रजत पदक सहित प्रथम उपाधि हात पारेको हो ।

गत बर्ष प्रथम उपाधि जितेको सरस्वती मावि भवनियापुरले यस बर्ष दोस्रो स्थानको उपाधिमा चित्त बुझाएको छ । सरस्वती मावि भवनियापुरले १३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्रापत गरेको छ ।

यसैगरी तेस्रो स्थानको उपाधि जितेको नेरा मावि अगैले १० स्वर्ण, ८ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । यसैगरी ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित गणेश मावि ढकेरी चौथो पदक प्राप्त गरेको छ ।

राप्ती सोनारी गाउँपालिकाको आयोजना, जनशक्ति माध्यमिक विद्यालय बैजापुरको सञ्चालन तथा ब्यवस्थापनमा गत विहिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

जनशक्ति माध्यमिक विद्यालय बैजापुरको खेल मैदानमा उक्त प्रतियोगिताको शनिबार प्रमुख अतिथि एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले समापन गर्नुभएको छ ।

Previous articleचिसाेका कारण डुडुवामा बिद्यालय बिदा
Next articleसंस्थागत विद्यालयमा शिक्षकको न्यूनतम पारिश्रमिक ग्यारेन्टी गराउँदै कोहलपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here