
नेपालगञ्जमा । विदेश पलायन हुने युवाहरूकाे संख्या बढ्दाे अवस्थालाई चुनाैती दिँदै नेपालगञ्ज वडा न-२ मा नयाँ सेलुन सेन्टर सञ्चालनमा आएको छ ।
बागेश्वरी मन्दिर नजिक रहेको मिनी मार्केटमा संचालनमा व्युटि एण्ड सेलुन मेकअप ट्रेनिङ सेन्टरकाे मिस नेपालगञ्ज-२०१५ सुमन थापाले रिवन काटेर उद्घाटन गर्नुभएकाे थियाे ।
सेन्टरमा थ्रेडीङ्ग, फेसियल, वाक्स, सिम्पल मेकअप, हेवी मेकअप, ब्राईडल मेकअपका साथै अन्य सबै पार्टी मेकअपका कामहरु गरिनुका साथै ट्रेनिङ दिईने संचालक शहिना हलवाईले जानकारी दिनुभयाे ।





