नेपालगञ्ज-१८ मा संचालित याेजनाकाे अनुगमन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ ले संचालित भाैतिक पूर्वाधार निर्माण कार्यकाे अनुगमन गरेकाे छ ।

वडा अध्यक्ष दिपक कुमार बर्मा लगायत जनप्रतिनिधि, वडा कर्मचारीहरूले वडाभित्र संचालनमा रहेका याेजनाहरूकाे कार्य प्रगतिकाे जानकारी लिनुका साथै निर्माणमा कुनै प्रकारकाे लापरवाही हुन नदिन अनुगमन गरेकाे हाे ।

वडाअध्यक्ष दिपक बर्माको पहलमा परेको बजेटमार्फत सुर्खेतरोडस्थित तत्कालीन यातायात कार्यलयको अगाडीको बस्तीमा जाने गोर्खा साईकल स्टोरदेखि स्प्रिङ्गडेल एकेडमीको बाटोको स्तरोन्नतीे भईरहेकाे छ ।

संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत करिब ५० लाख लागतमा बाटोको स्तरोन्नतीको संचालित छ । ६ मिटर चौडाई र करिब ५ सय मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ नालासहित माटो फिलिङ्ग, ग्राभेलिङ्ग गरिनेछ ।

वडाभित्र आवश्यक रहेका र कार्य गर्न बाँकी रहेका स्थानहरुमा लगातार स्तरोन्नती कार्य संचालन गर्ने योजना अनुसार कार्यहरु बिधिन्न टाेलहरूका कार्य भईरहेकाे वडाअध्यक्ष बर्माले बताउनुभयो । कार्य सम्पन्न लगत्तै सो सडकलाई कालोपत्रेसमेत गर्ने तयारी रहेको वडाअध्यक्ष बर्माले बताउनुभयो ।

वडा नं-१८ काे विभिन्न टाेलहरूमा बिकास निर्माणका कार्य भईरहेकाे वडाले जनाएको छ । वडाबासीको मागलाई मध्यनजर गरेर नै वडाले कार्यहरु गरिरहेको वडाअध्यक्ष बर्माले बताउनुभयो ।

Previous articleस्वर्गीय ‘चाचा’ को चौथो स्मृती दिवस मनाइयो, मानव सेवा आश्रममा भोजन
Next articleनेपालगञ्जमा व्यूटि एण्ड सेलुन मेकअप ट्रेनिङ सेन्टर संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here