नरैनापुर-३ मा स्वास्थ्य शिविर, दुई सय बढीलाई सेवा प्रदान

नरैनापुर । नेपाली काँग्रेसले संचालन गरेकाे समुदायमा काँग्रेस अभियान अन्तर्गत बाँकेकाे नरैनापुर गाउँपालिका-३ मा संचालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमार्फत २ सय ५० जनाले सेवा लिएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सहकार्य, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोग तथा नरैनापुर गाउँपालिका नेपाली काँग्रेस ३ नम्बर वडा कार्यसमितिको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको थियाे । 

शिविरमा मेडिसिन विभागका डा.सन्तोष भगत र डा. चेतन न्यौपाने, छाला तथा यौन रोग विभागका डा.रमेश शर्मा पौडेल र डा.नुपेन्द्र शिशिर लगायतले बिरामीको स्वास्थ्य जाँच गर्नुभएकाे थियाे । शिविरमा सतगुरु मेडिसिन डिष्ट्रिब्यूटर्स, सिर्जना मेडिसिन डिष्ट्रिब्यूटर्स र लक्ष्मी सरस्वती पोलिक्लिनिक नेपालगञ्जले निःशुल्क औषधी सहयोग गरेकाे कार्यक्रम संयोजक यमबहादुर खड्काले बताउनुभयाे ।शिविर उद्घाटनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, जिल्ला सभापति नारायणप्रसाद गौडेल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, जिल्ला सचिव सुधान्सु कोईराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्रीय सभापति पोषणराज केसी, पार्टीका महासमिति सदस्य एवम् नरैनापुर-५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, शिविर कार्यक्रमका संयोजक खड्का, महाधिवेशन प्रतिनिधि एवम् कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नरैनापुर-६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, नेपाली काँग्रेसका नेता दिपनारायण बर्मा, राप्ती सोनारी-७ का सभापति दशरथ कुर्मी, पूर्व वडाअध्यक्ष राजकुमार मौर्य, नेपाली काँग्रेस नरैनापुर गाउँपालिका सचिव रामचन्द्र यादवलगायतको उपस्थिती थियो । 

Previous articleमेयर कप अन्तर विद्यालय फुटबल, सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा
Next articleबिदेश जाने मिथलेश गँड्यौला खेतीमा सम्भावना खोज्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here