स्व.प्रहरी जवान डाँगीकाे परिवारलाई सहकर्मीले गरे सहयाेग

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी जवान स्वर्गीय बिकास डाँगीकाे परिवारलाई सहयाेग प्रदान गरेकाे छ ।

बाँके कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा हवल्दार, जवानहरुले संकलन गरेकाे रकम मंगलबार परिवारलाई बुझाएको हाे । साे क्रममा उपस्थित प्रहरीले दिवंगत आत्माकाे चीरशान्तिकाे कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले परिवारलाई सहयोग स्वरुप दुई लाख साठी हजार अठहत्तर रुपैया हस्तान्तरण गर्नुभएको छ । साे क्रममा प्रहरी निरीक्षक शाहले सहकर्मी गुमाउँदा आफुहरूलाई पीडा भएकाे बताउनुभएको थियाे ।

माघ १४ डिउटीमा खटिएको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-८ नेपालगञ्ज कोहलपुर सडकखण्डमा सवारी साधनले ठक्कर दिँदा डाँगीकाे निधन भएकाे थियाे ।

Previous articleनेपालगञ्ज उपमहानगरमा आज शाेक बिदा
Next articleयोग समितिको अध्यक्षमा पुन: भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here