नेपालगञ्ज उपमहानगरमा आज शाेक बिदा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज बिदा दिईएकाे छ । उपमहानगरपालिकामा कार्यरत कर्मचारी सब-इन्जिनियर रमिता रावलको निधनमा आज (मंगलबार) शाेक बिदा दिईएकाे हाे ।

लामाे समयदेखि क्यान्सरबाट पिडित अछामको पञ्चदेवल विनायक नगरपालिका वडा न-५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको निधनमा उपमहागरसहित वडा कार्यालयहरूमा शाेक बिदा दिईएकाे सूचना अधिकारी खिमानन्द अर्यालले जानकारी दिनुभयाे ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-४ मा कार्यरत रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।

Previous articleक्यान्सर जितेकालाई खजुरा क्यान्सर अस्पतालको सम्मान
Next articleस्व.प्रहरी जवान डाँगीकाे परिवारलाई सहकर्मीले गरे सहयाेग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here