
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-४ मा महिलाहरुका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर संचालन गरिएको छ । वडाको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा शनिवारदेखि सो शिविर संचालन गरिएको हो ।
शिविरमा खासगरी महिलाहरुको पाठेघरको मुखको क्यान्सरको चेकजाँच गरिएको वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो । पहिलो दिन २३६ जनाले सेवा लिएको र तीमध्ये १० जनामा पोजेटिभ देखिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।
वडा कार्यालयको सहयोग तथा जनसेवा फार्मेसीको आयोजनामा भएको सो शिविरमा पोजेटिभ देखिएका बिरामीहरुको थप परामर्श आज हुनेछ । पछिल्लो समय महिलाहरुमा क्यान्सरको समस्या भयावह बन्दै गएको भन्दै स्वास्थ्य चेकजाँच गर्न वडाअध्यक्ष पुनको सुझाव छ ।





