
नेपालगञ्ज । यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क मृगौला जाँच शिविर हुने भएको छ ।
नेपालगञ्जको सुर्खेतरोड गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिले फागुन ७ गते निःशुल्क मृगौला जाँच शिविर संचालन गर्ने भएको हो ।
शिविरमा कन्सल्टेन्ट फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.सौरभ हमालले चेकजाँच सेवा प्रदान गर्ने पोलिक्लिनिकले जनाएको छ ।
शिविरमा विशेषज्ञ ओपिडी सेवा, ल्याब (मृगौला सम्बन्धि), सुगर र पिसाबको जाँच निःशुल्क तथा अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिइने जनाइएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने सो शिविरमा पोलिक्लिनिकले अग्रिम नाम टिपाउन आग्रह गरेको छ ।





