
नेपालगन्ज । टिम एड्जले नेपालगन्जमा होली फेस्टिबल हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न १९ भैयांपुुर राँझामा होली फेस्टिबलको तयारी भइरहेको टिम एड्जका संचालक दिनेश थापा मगरले जानकारी दिनुभयो ।
चैत ११ गते होलि पुर्णिमा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले हामीले पनि चैत १२ गते भब्यताका साथ होलि फेस्टिबल कार्यक्रम मनाउने तयारीमा जुटेको थापाले बताउनुभयो ।
‘टिम एड्जको आयोजनामा हुन लागेको होली फेस्टिबल सिजन-३ को तयारी सुरु भइसकेको र सहकार्यका लागि प्रपोजलहरु विभिन्न कम्पनी, संघ संस्थालाई बुझाएको छौं, थापाले भन्नुभयो केहि संघ संस्था र कम्पनीहरुले सहकार्यका लागि मन्जुर भइसकेका छन् ।’
आयोजकले केही दिनै पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा होली फेस्टिबलको जानकारी दिने थापा बताउनुभयो ।
भैयापुरमा हुने होली फेस्टिबलमा नेपाली गीत संगीत, घैंटो फुटाउने, डिजे म्युजिकका साथमा आनन्द र उत्सवका लागि तयार भएर बस्न नेपालगन्जियालाई आयोजकले आग्रह गरेको छ ।





