ट्रेड युनियन काँग्रेस बाँकेले श्रमिक र जनप्रतिनिधिबीच अन्तरक्रिया गर्ने

नेपालगञ्ज । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले स्थानीय तहमा श्रमिक र जनप्रतिनिधिबीच समन्वयात्मक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

ट्रेड युनियन काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिकको अध्यक्षतामा बसेको बैठकले जिल्लाका स्थानीय तहमा रहेका श्रमिक र जनप्रतिनिधिबीच समन्वयात्मक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यही फाल्गुन १९ गते नेपालगञ्जमा गरिने कार्यक्रमलाई प्रभावकारी बनाउन युनियनको बैठकले व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । कार्यक्रमलाई उपलब्धीमूलक बनाउन उपाध्यक्ष परिमल विष्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको सचिव शिवध्वज शाहीले जानकारी दिनुभयो ।

बिष्टसँगै उपसमितिमा सचिव शाही, सहसचिवद्धय चेतनारायण शर्मा, नारायर्ण शर्मा र कोषाध्यक्ष नरेस बाबु श्रेष्ठ रहनुभएको छ ।

Previous articleउपमहानगरको अत्यावश्यक सेवा बाहेकको सेवा आज बन्द
Next articleनेपालगन्जमा होली फेस्टिबल हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here