
बाँके । प्रहरीले ठुलो मात्रामा पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार पत्रकार सम्मेलनमार्फत बरामद सामान सार्वजनिक गरेको हो । तिहार नजिकिएसंगै भारतबाट पटका ल्याउने क्रम पनि बढेको छ । बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले नौ पेटी पटाका बरामद गरेको बताउनुभयो ।
प्रहरीका अनुसार जमुनाहा भएर मोटरसाईकलमा पटाका ल्याइएको थियो । त्यस्तै दश किलो चार सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको जनाएको छ । लागु औषध नियन्त्रण व्यूरोको टोलीले बाँकेको खजुरा गाउँपालिका वडा नं–८ को सनौलो टोलबाट अफिमसहित तिलक बहादुरा शाही पक्राउ परेका हुन ।





