
नेपालगञ्ज । प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगञ्जले जितेको छ । आइतवार नेपालगञ्ज आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर ११ लाई एकको बिरुद्ध छ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो ।
उपाधीसंगै मानवीले नगद रु ३० हजार र उपबिजेता कोहलपुर ११ ले नगद रु १५ हजारसहित पदक र कप प्राप्त गरेका छन् । मानवी क्लबका सन्तोष महतरा पतियोगिताका उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गर्नुभएका भुपेन्द्र शाही ठकुरी सर्बाधिक गोलकर्ता हुनुभयो भने गोकर्ण पुनमगर उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो ।
बिजयी खेलाडीहरुलाई रोयलका अध्यक्ष सुर्यमणी अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, सेफका अभिषेक नेपाली, फुटबलकर्मी जनक केसी, ज्ञानमणी अधिकारी लगायतले पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभएको थियो ।
रोयल नेपालगञ्ज क्लबको आयोजनामा शनिवारदेखि शुरु भएको प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको थियो ।





