भेरीमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन अभाव भएको छ । पश्चिमको रेफल सेन्टरको रुपमा रहेको भेरीमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव भएको अस्पतालले जनाएको छ ।

भेरीले सूचना जारी गर्दै अस्पतालमा भ्याक्सिन अभाव रहेकाले बिरामीलाई उपलब्ध गराउन नसक्ने भनेको छ । प्रदेश आपुर्ति केन्द्र र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा मौज्दात शुन्य भएकाले भेरीमा अभाव भएको अस्पतालको भनाई छ ।

अस्पतालका सूचना अधिकारी डा.संकेल कुमार रिसालले भ्याक्सिन मन्त्रालयले पठाउने गरेको बताउनुभयो । उहाँले मन्त्रालयसंग माग गर्ने प्रक्रिया नियमित भएको हुँदा आउने बित्तिकै अस्पतालले सेवा दिने बताउनुभयो ।

उहाँका अनुसार यो भ्याक्सिनको आवश्यकता हुने करिब दैनिक ६ देखि १० जनासम्म बिरामी अस्पतालमा हुन्छन् । रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै दिने गरिएपनि भ्याक्सिन अभावपछि उपचारका लागि भेरी पुग्ने बिरामीले सास्ती खेप्नु परेको छ ।

Previous articleमहिला क्रिकेटरको नयाँ तलब निर्धारण
Next articleमानव बेचबिखन नियन्त्रण गर्न अन्तरदेशीय सहकार्यमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here