
नेपालगञ्ज । बाँकेमा ६३ प्रतिशतले दादुरा रुबेला रोगबिरुद्धको खोप लिएका छन् । अभियान संचालन भएको तेस्रो दिनमा लक्ष्यको ६३ दशमलव ३ प्रतिशतले खोप लिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
जिल्लाका ८ स्थानीय तहको ८१ वडाका तोकिएको खोप केन्द्रहरुमा पहिलो दिन ३४ हजार २ सय ३८ जना, दोस्रो दिन ४२ हजार ५ सय ५ जना र आज तेस्रो दिन २८ हजार ३०
जनाले खोप लिएका हुन् ।
तेस्रो दिन १३ हजार ४ सय २ जना महिला र १४ हजार ६ सय २८ जना पुरुष सहभागि भएका छन् । यो अभियानको हालसम्म १ लाख ४ हजार ७ सय ७३ जना बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप सेवा प्राप्त गरेका छ्न ।
जिल्लामा अब लक्ष्यको ३६ दशमलव ७ प्रतिशत खोप प्रदान गर्न बाँकी रहेको छ । यो अभियानमा जिल्लाका १ लाख ६५ हजार ६ सय ५५ जना लक्षित गरिएको छ ।





