बाँकेमा ८२ प्रतिशतमा पुग्यो खोप सेवा

नेपालगञ्ज । बाँकेमा संचालनमा रहेको अभियानको हालसम्म ८२.२५ प्रतिशतले दादुरा रुबेला बिरुद्धको खोप सेवा लिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज बुधबार जिल्लाका ३१ हजार २५४ जना बालबालिकाले खोप लगाएका छन् ।

आज मात्रै १४ हजार ६४९ जना महिला र १६ हजार ६०५ जना पुरुषले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका ८ स्थानीय तहका ८१ वडामा तोकिएको खोप केन्द्रहरुमार्फत खोप सेवा प्रदान भइरहेको छ ।

अभियानको हालसम्म ६३ हजार ६४१ महिला र ७२ हजार ३८६ गरि ४ दिनमा १ लाख ३६ हजार २७ जना बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप सेवा प्राप्त गरेका छ्न । तथ्याँक अनुसार खजुरामा धेरै प्रगति भएको छ । खजुरामा १२२.७ प्रतिशतमा खोप सेवा पुगेको छ ।

यस्तै कोहलपुरमा १०९.४ प्रतिशतमा सेवा पुगेको छ । १ लाख ६५ हजार ६५५ जना लक्षित अभियानमा अब मात्र १७.८ प्रतिशतमा खोप पुर्याउन बाँकी रहेको छ ।

Previous articleदादुरा रुबेला बिरुद्धको अभियान : ६३ प्रतिशतसम्म पुग्यो खोप
Next articleउत्कृष्ठ वडाका रुपमा अघि बढ्दै वडा नं-१८, थप भौतिक निर्माण कार्य शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here