
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा अब्बल वडा निर्माणमा अघि बढेको वडा नं-१८ मा पुर्वाधार निर्माण कार्यले तिब्रता पाएको छ । वडाले आफ्नो सेवा क्षेत्रभित्रका आवश्यक स्थानहरुमा एकपछि अर्को पुर्वाधार निर्माण कार्य संचालन गरेको छ ।
यसै क्रममा बुधबार थप पुर्वाधार निर्माण कार्यको शुरुवात गरिएको छ । वडाको एसके पेट्रोल पम्प पछाडीको टोल, भाटभटेनीदेखि पश्चिम भुजइगाउँ रोड र नेपाल टेलिकम क्षेत्रीय कार्यालयको पछाडी आरसीसी नालासहित सडक निर्माण कार्य शुरु गरिएको हो ।
सो कार्यको वडाअध्यक्ष दिपक कुमार बर्माले पुजापाठ गरेर उद्घाटन गर्नुभएको थियो । पेट्रोल पम्प पछाडी १२ लाख, भुजइगाउँ रोडमा १५ लाख र टेलिकम पछाडी १० लाखको लागतमा निर्माण काम शुरु भएको वडाअध्यक्ष बर्माले जानकारी दिनुभयो ।
वडाको एकपछि अर्को भौतिक निर्माण कार्य संचालनले वडाबासी उत्साहित छन् । वडाबासीले निर्माण कार्यको स्वागत गर्ने गरेका छन् । जहाँ समस्या त्यहाँ वडाको पुर्वाधार भनेर वडाबासीले भन्ने गरेका छन् ।





