१ अर्व लगानीमा नेपालगञ्जमा होटेल पौवा निर्माण शुरु

नेपालगञ्ज । नेपालका बिभिन्न क्षेत्रमा नेपाली मौलिक सेवा दिइरहेको होटेल पौवाको शाखा अब बाँकेमा संचालन हुने भएको छ । पश्चिम नेपालको व्यापारिक शहर नेपालगञ्जमार्फत सेवा प्रदान गर्न जानकी गाउँपालिका वडा नं-३ मा होटेल निर्माण कार्यकाे सिलान्यास गरिएको छ ।

बिहीबार एक औपचारिक समारोहकाबीच पुजापाठ गरेर निर्माण कार्यको सिलान्यास गरिएको हो । नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिन स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको पाइन्छ ।

जहाँबाट पनि आतिथ्यताको सुरुवात हुन्छ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाले नेपालगञ्जमा आफ्नो पहिलो पाँच तारे होटेलको लागि आज सिलन्यास गरेकाे हाेटेल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाकारुपमा रहेको नेपालगञ्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै थप टेवा पुर्याउन विशेष योगदान रहने अध्यक्ष भण्डारीले दाबी गर्नुभयो ।

जानकीमा निर्माण प्रारम्भ गरिएको होटल पौवाले २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । होटलमा फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिड हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम, स्विमिङ पूल, क्यासिनो र स्पा लगायात सम्पुर्ण सुबिधाहरुसहित नेपालगञ्जको उत्कृष्ट पाँच तारे होटल हुने जनाएको छ ।

नेपालगञ्जमा मात्र पौवाको करिव १ अर्व लगानी हुने अनुमान रहेको प्रालिले जनाएको छ । स्थापनाको ८ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौँ र सौराहामा पौवाले सेवा दिन शुरु गरिसकेको छ ।

भैरहवामा होटल पौवा सन्चालनमा रहेको छ । दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपनसहितको सेवा दिईरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा अन्तर्राष्ट्रियस्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ ।

होटल पौवाले यसै वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गरेको छ । यसै आर्थिक वर्षमा २ वटा शाखा थप गर्ने लक्ष्य राखेको छ भने कोशी प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिरहेको प्रालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

Previous articleउत्कृष्ठ वडाका रुपमा अघि बढ्दै वडा नं-१८, थप भौतिक निर्माण कार्य शुरु
Next articleनेपालगञ्ज-४ मा किरियापुत्री भवन सिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here