
नेपालगञ्ज । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ एकता युवा क्लब बाँकेको आयोजना, नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ वडा कार्यालय पुरैनी, द रोयल फिटनेश जोन, शर्मिला अल्मुनियम सप्लायर्स र एस.के.डेरी उद्योगको सहआयोजनमा पुरैनीमा रक्तदान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ पुरैनीमा रहेको एकता युवा क्लबको परिसरमा आयोजित कार्यक्रममा गरिएको शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, पंकज भुषाल, अशोक गुरुङ्ग, धनराज वर्मा, एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादवले संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाघटन गर्नुभएको थियो ।
कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादवका अनुसार ३७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा समाजसेवी एकता युवा क्लबका सदस्य तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, सुनील रत्गैया, प्रशान्त तिवारी, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।





