सहभागिता र अवसरका लागि नीति संसोधनमा जोड

नेपालगञ्ज । राज्यले बनाएको केही नीतिहरुमा परिवर्तन गरेर कार्यान्वयन भएमात्र महिला लगायत केही वर्गले पाउनुपर्ने अवसर पाउन सक्ने एक कार्यक्रममा जोड दिइएको छ ।

राज्यका केही नीतिका कारण महिलालाई दिइएको ३३ प्रतिशत अवसर समेत उल्लेख्य मात्रामा पाउन नसकेको भन्दै त्यस्ता नीति नै संसोधन गरी कार्यान्वयनमा सक्रिय हुनुपर्नेमा जोड दिएका हुन ।११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार नेपालगञ्जमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्ने सरोकारवाला व्यक्तिले महिलाहरुलाई ३३ प्रतिशत भनेर मात्रै अवसर पाउन नसकेकोले सबै क्षेत्रमा यसको कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

सहभागिहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले महिला लगायत केही वर्गले अझै पनि धेरै ठाउँमा अवसर पाउन नसकेको बताउनुभयो । ‘राज्यले ३३ प्रतिशत व्यवस्था त गर्यो, तर कार्यान्वयनको कुरामा कमै ठाउँमा लागु भएको देखिन्छ ।,’ उपप्रमुख राईले भन्नुभयो, ‘जहाँ ठुला बडाको हालीमुहाली छ त्यहाँ यस्ता व्यवस्था कार्यान्वयनमा फितलो देखिन्छ तर ग्रासरुट लेवलमा भने यो कुरालाई कार्यन्वयन गर्नुपर्छ भनेर सबैको जोड हुन्छ ।’

उहाँले महिलाहरुमाथिको व्यवहारका बारेमा प्रत्येक घरको फरकमा विभेद रहेको समेत बताउनुभयो । सबै ठाउँमा धेरै मात्रामा महिला हिंसा हुने गरेको बताउनुभयो । व्यवस्थाका कारण नै यस्तो भइरहेको उहाँको भनाई थियो ।

लैंङ्गिक समानता, सामाजिक समावेशीकरा एवं एच.आइ.भि.एड्स सम्बन्धी नीती र त्यसको कार्यन्वयन अवस्था र भोलिको सोच बिषयक छलफलमा बोल्दै भेरी अस्पतालका सूचना अधिकारी एवं एच.आइ.भि.एड्स रोग फोकल पर्सन डा.संकेत रिसालले उठेका प्रश्नको जवाफ दिँदै राज्यल गरेकोे व्यवस्था अनुसार आफुहरुले कार्य गरिरहेको बताउनुभयो ।

खासगरी स्वास्थ्य सेवा प्रदानका लागि सरकारको व्यवस्थापन अनुसार नै हामीले सेवा दिन हरसम्भव प्रयासरत रहेको उहाँले बताउनुभयो । छलफलमा उपमहानगरपालिकाकी महिला बिकास अधिकृत मन्जु पाण्डेय, पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरी, ए एच एफ नेपालका केन्द्रीय कार्यक्रम प्रबन्धक दिब्यराज जोशीले कार्यक्रमको बिषयबस्तुका बारेमा भइरहेका प्रयास र देखिएको समस्याका कुराहरु राख्नुभएको थियो ।

कार्यक्रममा नेपालगञ्जका बिभिन्न संघसंस्थाका व्यक्तिहरुले महिला, बालबालिका, नीति र वर्तमान अवस्थाको बारेमा प्रश्नहरु राखेका थिए । ए एच एफ नेपालको सहयोगमा भएको कार्यक्रमलाई नगरस्तरीय लैंङ्गिक हिंसा निगरानी संजाल नोलगञ्जले आयोजना गरेको थियो ।

Previous article‘लू’को जोखिमबारे शिक्षकहरुलाई सचेतना अभिमुखीकरण
Next articleउपमहानगरकाे वेवास्ताका कारण सार्वजनिक शाैचालय जीर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here