वार्षिकोत्सवका अवसरमा न्यूरो ट्रमाद्वारा रक्तदान

नेपालगञ्ज । न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलले दोस्रो बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा महिला पुरुष गरी ६१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, हस्पिटलका निर्देशक डा.जोसन नयौपाने, डा.सुनिल प्रधानले रगत संकलन गर्ने प्याके प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरी र हिमाँन्शु मौर्यलाई हस्तान्तरण गरी कार्यक्रम उद्घाटन भएको थियो ।

निरज कुवँरको संयोजकत्वमा गरिएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, प्राबिधिक गिरी, सुनिल पुलामी मगर, महेश रानाक्षेत्री सञ्जय बढही, वीरेन्द्र योगी लगायतले सहयोग गर्नुभएको थियो ।

Previous articleनेपालगञ्ज-१८ मा जानकी जोड्ने सडकको स्तरोन्नती शुरु
Next articleनेपाली कांग्रेस बाँकेको पालिका स्तरीय प्रशिक्षण समापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here