शसस्त्र प्रहरी प्रधान कार्यालयद्वारा डुडुवा अध्यक्ष चौधरी सम्मानित

नेपालगञ्ज । शसस्त्र प्रहरी बल, प्रधान कार्यालय काठमाण्डौंले बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ ।

शसस्त्र प्रहरीलाई सामाजिक, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनिय सहयोग पुरयाएको भन्दै उहाँको उच्च मुल्याङ्कन गर्दै प्रहरीले सम्मान गरेको हो । ‘२३ औँ शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा शसस्त्र प्रहरी प्रधान कार्यालयले पालिका अध्यक्ष चौधरीलाई कदरपत्रले सम्मान गरेको छ ।

शसस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख (गणपति) शसस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले एक कार्यक्रमकाबीच पालिका अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो । शसस्त्र प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदर पत्र नेपालगञ्जमा प्रदान गरिएको हो ।

कदर पत्र ग्रहण गर्दै पालिका अध्यक्ष चौधरीले गाउँ, समुदाय तथा सिमा क्षेत्रमा शसस्त्र प्रहरीको भुमिका प्रभावकारी रहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी र जनताबीचको सम्वन्ध सुमधुर गर्नुपर्नेमा जोड दिँदै हरेक नागरिकले प्रहरीलाई सहयोग गरेमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

Previous articleबाँकेमा सुरु भयो एन्फा कम्युनिटी कोचिङ कोर्ष
Next articleसातौँ प्रादेशिक महोत्सव उद्घाटन, बुधबार ज्योती मगरको प्रस्तुति रहने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here