
नेपालगञ्ज । नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गर्नुभएको छ । बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको क्रममा अब यसरी देश नचल्ने उहाँले बताउनुभयो । ‘अहिले ७० वर्षदेखि जसरी शासन ग¥यो त्यसरी अब चल्न सक्दैन त्यो परिस्थिति र अवस्थासँगै सत्ता बदल्नको लागि अभिनय अगाडि बढेको छ,’ उहाँले भन्नुभयो ।
देशव्यापी अभियानका क्रममा नेपालगञ्ज आउनुभएका नेता महतोले पत्रकार सम्मेलनमार्फत देशको आर्थिकस्थिति बारे चर्चा गर्दै युवा जनशक्ति हजारौंको संख्यामा विदेश पलायन भईरहेको बताउनुभयो । ‘विश्वको नेपाल गरिब देशको दर्जामा गइसकेको छ । कुनै पनि क्षेत्र सन्तोषजन अवस्थामा छैन । यो चिन्ताजनक विषय हो ।’ उहाँले भन्नुभयो ।
लोकतन्त्रदेखि गणतन्त्रसम्म पाएर पनि जनतको अवस्थामा भने परिवर्तन ल्याउन नसकिएको उहाँले जिकिर थियो । उहाँका अनुसार विधान र व्यवस्थामा पटक पटक परिवर्तन भयो तर अवस्थामा परिवर्तन नहुनुको कारण विचार र व्यवहार रहेको उहाँले धारणा छ ।
उहाँले भन्नुभयो, ‘मलाई के लागेको छ भने यो देशको शासन ज्ञान सत्ता त्रुटिपूर्ण भयो जस्तो लाग्छ । यो सामाजवादी विचारधारामा शासन, उदारवादी विचारधारामा शासन, पुँजीजादी पश्चिमी सभ्यताबाट उत्पन्न भएका मार्क लेलिन लगायतका विचारधाराबाट गरिएका शासन नेपालमा पनि फलदायी भएन ।’
बहुदलीय व्यवस्था आएदेखि त्यहि विचारधारा लिएर शासन भईरहेको र समस्या हल गर्न नसेकेको पनि उहाँको भनाई छ । पटक पटक समिधान परिवर्तन भएर पनि समस्या जहाँको त्यहि रहेको उहाँको तर्क थियो ।
‘नेपाल कसैको गुलाम भएन । तर यहाँको शासकको मानसिकता चरित्र चाही अफ्नै देशको जनतालाई गुलाम ठान्ने मानसिकता पनि समस्याको कारण हो ।’ उहाँले भन्नुभयो । उहाँले सबैको पहिचान, अस्तित्वलाई राज्यसत्तामा सहभागी गराउनुपर्ने बताउनुभयो ।
‘यो देश बहुल देश हो, बहुलतालाई स्विकार गरेर संविधान बनाउनुपर्छ र चलाउनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘एक्लै चलाएर अगाडि बढ्न सक्दैन । यो देश सबैको हो, सम्पूर्ण नेपालीको हो ।’ नेपालको शासन, संविधानको संरचना सबै पहिचानलाई आत्मसाथ गर्ने किसिमले निर्माण गर्नुपर्ने महतोले उल्लेख गर्नुभयो ।






